उपत्यकाबाहेक बागमती प्रदेशमा आज सार्वजनिक विदा <p>काठमाडौं। उपत्यकाका जिल्लाबाहेक बागमती प्रदेशमा आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिइएको छ।</p> <p>तामाङ समुदायको सोनाम ल्होसारको प्रदेश सरकारले दिएको सार्वजनिक विदा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भने लागू छैन।</p> <p>गत वर्ष संघीय सरकारले उपत्यकाबाहेक अन्य जिल्लामा मात्रै प्रदेश सरकारले दिएको विदा लागू हुने निर्णय गरेको थियो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्