तालिबानलाई ईयूको चेतावनी– हिंसाबाट सत्ता कब्जा गरे अन्तर्राष्ट्रिय समुदायबाट अलग गर्छौैं एजेन्सी।युरोपेली संघले एक सातामा १२ वटा प्रान्तीय राजधानी कब्जा गर्दै राजधानी काबुलतर्फ अघि बढेको तालिबानलाई हिंसाबाट सत्ता कब्जा गरे अन्तर्राष्ट्रिय समुदायबाट अलग गर्ने चेतवानी दिएको छ।पछिल्लो २४ घण्टामा तालिबानले अफगानिस्तानका तीन ठूला सहर गजनी,हेरात र कान्दाहार कब्जा गरेको छ।तालिबान अब राजधानी काबुलबाट मात्र १३० किलोमिटर पर रहेको छ।तालिबानले हिंसाबाट स्थापना गर्ने स्लामिक शासनलाई मान्यता नदिने पनि इयूले स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्