केरा आयत बढ्यो, एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। अघिल्लो वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्