नौ जना चिनियाँ इन्जिनियर मारिने गरी भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हातः पाकिस्तान बीबीसी।गत महिना पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बसमा भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हात रहेको आरोप पाकिस्तानले लगाएको छ।विदेशमन्त्री शाह महमुद कुरेशीले घटनामा भारतीय गुप्तचर संस्थ रअ र अफगानिस्तानको नेसनल डायरेक्टरेट अफ सिक्युरिटी(एनडीएस)को हात रहेको दाबी गरेका हुन्।हमलामा जुन सवारी साधान प्रयोग गरिएको छ त्यो अफगानिस्ताबाट तस्कर गरी ल्याइएको उनले बताए।घटनामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जना मारिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्