बागलुङमा आजदेखि कडा निषेधाज्ञा बागलुङ।कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ।अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो। सबै खाले सार्वजनिक/निजी यातायात बन्द भएका छन्। बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्