युरोपको सानो देश चीनका लागि टाउको दुःखाई बन्दै, लिथुवानियाबाट फिर्ता बोलायो राजदूत बीबीसी। चीनले लिथुवानियबाट आफ्नो राजदूत फिर्ता बोलाउँदै लिथुवानियालाई पनि राजदूत फिर्ता बोलाउन आग्रह गरेको छ। लिथुवानियाले आफ्नो भूमिमा ताइवानलाई एक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको हो। ताइवानले आफूलाई स्वतन्त्र देश भनेपनि चीनले आफ्नो अभिन्न अंग मान्दै आएको छ। चीनले राजदूत फिर्ता बोलाउन भनेपछि लिथुवानियाले कडा आपत्ति जनाएको छ। लिथुवानियाले कूटनीतिक सम्बन्धको भावना उल्लंघन गरेको आरोप चीनले लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्