आफ्नै बिहेकाे कार्ड बाँडेर फर्कंदै गर्दा टिपरले लियाे रमिताकाे ज्यान

कैलाली। कञ्चनपुरकाे महेन्द्रनगरस्थित चम्मन चाेकमा आज दिउँसाे टिपरकाे ठक्करबाट भीमदत्त नगरपालिका– १६ गोबरीयाकी रमिता भट्टकाे मृत्यु भयाे।

से१क ८८७ नम्बरको टिप्परले साइकलमा सवार भट्टलाई ठक्कर दिएको थियो।

मृत्यु भएकी युवती रमिताकाे चार दिनपछि, १३ माघमा विवाह हुँदै थियाे।

२० वर्षीय रमिताकाे घर बैतडीकाे दशरथ चन्द नगरपालिका–१, गुरुखोला हाे। उनी पढाइका लागि महेन्द्रनगर बस्दै आएकी थिइन्।

जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत रमिता आफ्नै विवाहको कार्ड वितरण गरेर डेरामा फर्कने क्रममा टिपरले ठक्कर दिएकाे खुलेकाे छ।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्