थ्री बाई थ्री वेष्टको उपाधि कास्कीलाई
काठमाडौं। कास्की बास्केटबल संघले आज टाइम्स क्लब ‘ए’ लाई २१–१४ ले हराउँदै थ्री बाई थ्री वेष्ट बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

पश्चिमका तीन शहरहरू पोखरा, बुटवल र धनगढीका विजेता र उपविजेताले थ्री बाई थ्री वेष्टको फाइनल चरणमा स्थान बनाएका थिए। कास्की पोखरा लिगको विजेता टीम हो भने टाइम्स धनगढी लिगको विजेता टीम हो।

बुटवलबाट टाइम्स क्लब ‘बी’ र न्यू होराइजन क्लबले फाइनल चरणका लागि स्थान बनाएका थिए। पोखराबाट रामघाट र धनगढीबाट सुदूरपश्चिम फाउण्डेशन फाइनल चरणको लिग खेल्ने अन्य दुई टीम हुन्।

सहभागी ६ टीमलाई दुई समूहमा विभाजन गरी डबल एलिमिनेसन पद्धतिमा खेलाइएको थियो।

विजयी टीम कास्कीले ५० हजार रूपैयाँ र उपविजेता टाइम्स ‘ए’ ले २५ हजार रूपैयाँ पुरस्कार जितेको छ। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर कास्कीका सोनाम पुन घोषित भए। उनले फाइनलमा कूल ४० स्कोर गरेका थिए।

थ्री बाई थ्री वेष्ट बास्केटबल नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको चौथो कार्यक्रम हो। यसअघि नेपाल बास्केटबल लिगले थ्री बाई थ्री इस्टको पनि आयोजना गरेको थियो भने काठमाडौंमा महिला र पुरुषको नेपाल बास्केटबल लिग गरेको थियो। थ्री बाई थ्री सेन्ट्रलको पनि आयोजना गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्