१३९ जना नेपाली शान्ति सैनिक माली प्रस्थान काठमाडौं।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ १३९ जना नेपाली शान्ति सैनिक अफ्रिकी राष्ट्र मालीतर्फ प्रस्थान गरेका छन।प्रमुख सेनानी संगित पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर फ्लाइटमा उनीहरु माली गएका हुन्।कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप शान्ति सैनिक सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरी पठाइएको नेपाली सेनाले जनाएको छ।९७ जना नेपाली शान्ति सेनाको टोली काठमाडौं फर्केको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्