मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडीमा बञ्चरो प्रहार गरी तोडफोड काठमाडौं।मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन्।विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम)मा आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन्। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको जानकारी दिए। अन्तर्क्रिया भइरहेका बेला र निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ गाडीमा बञ्चरो प्रहार गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्