काठमाडौं। नेपालले सिधै २०२१ मा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न पाउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले आज भारतमा हुने पुरुष ट्वान्टी–२० विश्वकपको क्षेत्रीय छनौट प्रतियोगितामा नेपालले खेल्न नपर्ने निर्णय गरेको हो। अब ग्लोबल क्वालिफायरमा नेपाल, हङकङ, युनाइटेड अरब इमिरेट्स(युएई) र जिम्बाब्वेसहित १६ टीमले प्रतिस्पर्धा गर्नेछन्।
२०२० जनवरी १ सम्म आईसीसी ट्वान्टी–२० वरियाताको आधरमा जिम्बाब्वे, नेपाल, युएई र हङकङ ग्लोबल क्वालिफायरमा छनोट भएका हुन्।
आईसीसीले पाँच क्षेत्र (अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासिफिक र युरोप)मा ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गर्नेछ। ११ क्षेत्रीय प्रतियोगिताबाट आठ टीमले ग्लोबल क्वालिफायरमा स्थान बनाउँनेछन्।
युरोपबाट दुई, अमेरिकाबाट दुई, अफ्रिकाबाट एक, एसियाबाट दुई, इस्ट एसिया प्यासिफिकबाट एक गरी आठ टिमले ग्लोबल क्वालिफायरमा स्थान बनाउँनेछन्। क्षेत्रीय छनोट प्रतियोगिता २०२० को मार्च र सेप्टेम्बरमा हुनेछन्।
क्षेत्रीय छनोटबाट आउने आठ टीम, अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको पुछारमा रहने चार टीम सहित नेपाल, हङकङ, युएई र जिम्बाब्वे गरी १६ टिमले ग्लोबल क्वालिफायर खेल्नेछन्। ग्लोबल क्वालिफायरमा आइसिसीले १६ टिमलाई दुई समूहमा विभाजन गर्नेछ। त्यसमध्ये दुई समूहबाट चार टीमले २०२१ मा भारतमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
अस्ट्रेलियामा २०२० अक्टोबर १८ बाट शुरू हुने ट्वान्टी–२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्दैछन्। उक्त प्रतियोगताको शीर्ष १२ टीमले भने भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन।
आईसीसीले आठ टीम सम्मिलित ‘आइसिसी च्याम्पियन्स ट्रफ्री’लाई १६ टीम सम्मिलित ट्वान्टी–२० विश्वकपले विस्तापित गरेको हो।
" /> काठमाडौं। नेपालले सिधै २०२१ मा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न पाउने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले आज भारतमा हुने पुरुष ट्वान्टी–२० विश्वकपको क्षेत्रीय छनौट प्रतियोगितामा नेपालले खेल्न नपर्ने निर्णय गरेको हो। अब ग्लोबल क्वालिफायरमा नेपाल, हङकङ, युनाइटेड अरब इमिरेट्स(युएई) र जिम्बाब्वेसहित १६ टीमले प्रतिस्पर्धा गर्नेछन्।

">