अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्