किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्