एक दिनमा ५७० तालिबान लडाकु मारेको अफगान रक्षा मन्त्रालयको दाबी एजेन्सी। अफगानिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षा फौजको कारबाहीमा परी ५७० जना तालिबान लडाकु मारिएका छन्। अफगान रक्षा मन्त्रालयकाअनुसार नगरहार, खोस्त, लोगर, पक्तिया, कान्धाहार, हेरात, फराह, जज्जान, समान्गन, हेलमन्द, तखार, कुन्दुजm पन्जशीर प्रान्तमा भएको सुरक्षा कारवाहीमा उनीहरु मारिएका हुन्। कारबाहीमा १६१ जना तालिबान लडाकू घाइते भएको बताइएको छ। तालिबान लडाकु आक्रामक रुपमा अघि बढेपछि सुरक्षा फौजले जवाफी कारबाही गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्