टिपरको ठक्करबाट महिलाको मृत्यु <p>कैलाली। कञ्चनपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।&nbsp;</p> <p>आज दिउँसो महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा रहेकी महिलाको मृत्यु भएको हो।&nbsp;</p> <p>मृतकको सनाखत नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले बताए।</p> <p>अहिले चम्मन चोक क्षेत्र तनावग्रस्त भएको छ। सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्