अनुमान गरिएभन्दा १० वर्ष अगावै पृथ्वीको तापक्रम १.५ डिग्री बढ्ने, राष्ट्रसंघले भन्यो– मानव जाति जिम्मेवार बीबीसी।संयुक्त राष्ट्रसंघको इन्टरगर्भनमेन्टल प्यानल अन क्लाइमेट चेन्ज(आईपीसीसी)ले जलवायु परिवर्तन सम्बन्धी एक गहन प्रतिवेदन सार्वजनिक गरेको छ।प्रतिवेदनमा सन् २०३० सम्म पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने दाबी गरिएको छ।यो तापक्रम वृद्धि यसअघि अनुमान गरिएभन्दा १० वर्ष पहिला हुनेछ।संयुक्त राष्ट्रसंघले तीव्र गतिमा भइरहेको जलवायु परिवतर्नको जिम्मेवार मानवजाति भएको जनाएको छ।तापक्रम बढ्दा विश्वभर कल्पना नगरिएको विपद्को सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्