आजबाट देशको कामु प्रधानसेनापति प्रभुराम शर्मा काठमाडौं।नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले आजबाट नेपाली सेनाको कयममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्।प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिना लामो घर बिदामा बसेपछि कामु प्रधानसेनापतिको जिम्मेवारी शर्माको काँधमा गएको हो।आगामी भदौ २४ गते थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति हुनेछन्। यही साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई आजबाट लागू हुनेगरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्