दीपक मनाङे पक्राउ
<p>काठमाडौं। गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) पोखराको लेकसाइडबाट पक्राउ परेका छन्।</p>
<p>लेकसाइडस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले देखापढीलाई बताए। उनले अनुसन्धान भइरहेकाे बताए।</p>
<p>एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई मनाङेले दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
