नेपाल टेलिकमको एसइई अफर सार्वजनिक काठमाडौं। नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ। गत वर्षजस्तै टेलिकमले यस वर्षको अफर अन्तर्गत एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम कार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो। टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्