काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्ड हलमा भएकाे पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई ३–० को सेटमा हराएको हो। फाइनलमा स्थान पक्का गर्ने क्रममा एपीएफले २५–१५, २५–१६, २५–१५ को सेटमा नतिजा निकालेको हो।
दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबमाथि ३–० सेटको नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो।
न्यू डायमण्डले त्रिभुवन आर्मी २५–१५, २५–२२, २५–१३ को सेटमा हराएको हो। एपीएफ र न्यू डायमण्डबीचको उपाधि भिडन्त भाेलि, १० माघमा हुनेछ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा महिलातर्फको विजेताले दुई लाख रूपैयाँ पुरस्कार जित्नेछन्। दोस्रोले एक लाख र तेस्रोले हुनेले ५० हजार रूपैयाँ पुरस्कार जित्नेछन्।
त्यस्तै सर्वोकृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट (स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षक) ले जनही १० हजार रूपैयाँ पुरस्कार जित्नेछन्।
" /> काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्ड हलमा भएकाे पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई ३–० को सेटमा हराएको हो। फाइनलमा स्थान पक्का गर्ने क्रममा एपीएफले २५–१५, २५–१६, २५–१५ को सेटमा नतिजा निकालेको हो।

">