विराटनगर। अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका 'सिद्धबावा' भनिने कृष्णबहादुर गिरी भारत गएका छन्।

प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।

जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो। तर पेशीमा हाजिर नभइ उनी  जोगवनी नाकाबाट भारत गएका हुन्।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले उपचारका लागि भन्दै भारत गएको पुष्टि गरे । पोखरेलका अनुसार गिरीले उपचारका लागि भारत जानुपर्ने भन्दै अंगरक्षक फिर्ता गरेका हुन्।

जगदगुरु श्रीरामानन्दचार्य पिठका अध्यक्ष गणेश बिरहीले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेको तर आजै जाने भन्ने कार्यक्रम तय नभएको बताए।

उच्च अदालतले आजै पुनरावेदन निवेदनमा आदेश गर्ने सम्भावना छ। जिल्लाको आदेश बदर भए गिरी कारागार चलान हुनुपर्ने हुन्छ।

" /> विराटनगर। अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका 'सिद्धबावा' भनिने कृष्णबहादुर गिरी भारत गएका छन्।

प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।

जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो। तर पेशीमा हाजिर नभइ उनी  जोगवनी नाकाबाट भारत गएका हुन्।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले उपचारका लागि भन्दै भारत गएको पुष्टि गरे । पोखरेलका अनुसार गिरीले उपचारका लागि भारत जानुपर्ने भन्दै अंगरक्षक फिर्ता गरेका हुन्।

जगदगुरु श्रीरामानन्दचार्य पिठका अध्यक्ष गणेश बिरहीले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेको तर आजै जाने भन्ने कार्यक्रम तय नभएको बताए।

उच्च अदालतले आजै पुनरावेदन निवेदनमा आदेश गर्ने सम्भावना छ। जिल्लाको आदेश बदर भए गिरी कारागार चलान हुनुपर्ने हुन्छ।

"> अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ: Dekhapadhi
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
विराटनगर। अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका 'सिद्धबावा' भनिने कृष्णबहादुर गिरी भारत गएका छन्।

प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।

जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो। तर पेशीमा हाजिर नभइ उनी  जोगवनी नाकाबाट भारत गएका हुन्।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले उपचारका लागि भन्दै भारत गएको पुष्टि गरे । पोखरेलका अनुसार गिरीले उपचारका लागि भारत जानुपर्ने भन्दै अंगरक्षक फिर्ता गरेका हुन्।

जगदगुरु श्रीरामानन्दचार्य पिठका अध्यक्ष गणेश बिरहीले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेको तर आजै जाने भन्ने कार्यक्रम तय नभएको बताए।

उच्च अदालतले आजै पुनरावेदन निवेदनमा आदेश गर्ने सम्भावना छ। जिल्लाको आदेश बदर भए गिरी कारागार चलान हुनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्