काठमाडौं। गत मंसिरमा अध्यक्ष केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ। भट्टराईलाई सरकारले दुई वर्षका लागि नियुक्त गरेको थियो। नौ महीना कार्यकाल सम्हालेका भट्टराईको हृदयाघातका कारण निधन भएपछि यो पद रिक्त भएको हो।
रिक्त पद पूर्तिका लागि सरकारले अहिलेसम्म कुनै पहल चालेको छैन। तर, बजारमा विभिन्न चलचित्रकर्मीहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। अध्यक्षका लागि कोहीले लबिङ नै थालेका छन् भने कोही आफूलाई जिम्मेवारी दिए सम्हाल्न तयार रहेको बताइरहेका छन्।
रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ। उनीहरूले आफ्नो दाबी प्रस्तुत नगरे पनि आकांक्षी भने हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने यसबारे अहिले कुनै प्रक्रिया शुरू नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अहिलेसम्म कुनै प्रक्रिया शुरू नभएको बताए। “मन्त्रालयले अहिलेसम्म कुनै प्रक्रिया शुरू गरेको छैन। केही समयपछि त्यसको लागि विज्ञापन खुल्छ होला”, उनले देखापढीसँ भने।
विभिन्न सञ्चारमाध्यमहरूले नै उनीहरूको दाबी प्रस्तुत गर्दै आएका छन्। अभिनेता भुवन केसीले आफू नै अध्यक्ष हुनुपर्छ भन्ने मनसायमा नरहेको बताएका छन्। त्यो ठाउँमा चलचित्रबारे राम्रो जानकारी भएको, राम्रो भिजन भएको व्यक्ति आउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।
सरकारले त्यो जिम्मेवारी दिएपछि नहट्ने उनको भनाइ छ। “यसमा म नै हुनुपर्छ भन्ने मेरो अडान छैन। साथीहरूले जुन रूपले तपाईं गइदिए हुन्थ्यो भन्नु भएको छ। यदि सरकारले जिम्मेवारी दियो पछि पर्दिनँ”, उनले देखापढीसँग भने।
त्यस्तै अध्यक्षको दावेदार भन्दै सञ्चारमाध्यममा छाएका अर्का व्यक्ति हुन्, निर्देशक केपी पाठक। उनी भने बोर्डको अध्यक्षका लागि आफ्नो कुनै दाबी नरहेको बताउँछन्। “यसमा मेरो कुनै इच्छा तथा दाबी छैन। म आफ्नै काममा व्यस्त छु। विभिन्न सञ्चारमाध्यमहरूले मेरो नाम पनि इच्छुकमा राखिदिनुभएको छ। त्यसका लागि उहाँहरूलाई धन्यवाद। तर, म दावेदार होइन” उनले भने।
अध्यक्षका प्रमुख दाबेदार मानिएका अभिनेता राजेश हमालले पनि आफू इच्छुक नरहेको प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो आधिकारिक धारणा बाहिर नल्याएपनि विभिन्न माध्यममार्फत् इच्छुक नरहेको जनाएका हुन्। काठमाडौं एयरपोर्टबाट नेपालगञ्ज उड्ने क्रममा ६ माघमा उनले आफू अरु काममा व्यस्त रहेकाले बोर्डमा पुगेर काम गर्ने सम्भावना नरहेको संकेत गरेका थिए। उनको निकटका व्यक्तिहरूका अनुसार बोर्डमा गएर स्वतन्त्र भएर काम गर्न सक्ने अवस्था नहुने भएकाले उनको बोर्डमा जाने मनसाय नरहेको बताइन्छ।
त्यसबाहेक अन्य व्यक्तिहरूले पनि आफ्नो आधिकारिक धारणा बाहिर ल्याएका छैनन्। सरकारले जिम्मेवारी दिएको खण्डमा पछि नहट्ने जनाएका छन्।
" /> काठमाडौं। गत मंसिरमा अध्यक्ष केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ। भट्टराईलाई सरकारले दुई वर्षका लागि नियुक्त गरेको थियो। नौ महीना कार्यकाल सम्हालेका भट्टराईको हृदयाघातका कारण निधन भएपछि यो पद रिक्त भएको हो।रिक्त पद पूर्तिका लागि सरकारले अहिलेसम्म कुनै पहल चालेको छैन। तर, बजारमा विभिन्न चलचित्रकर्मीहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। अध्यक्षका लागि कोहीले लबिङ नै थालेका छन् भने कोही आफूलाई जिम्मेवारी दिए सम्हाल्न तयार रहेको बताइरहेका छन्।

">