जब मेयरले कार्यकक्षमै मसाज गराए ! जनकपुरधाम। धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै कार्यालय सहयोगी करण दासबाट मसाज गराएको तस्वीर भाइरल भएको छ। कार्यकक्षमा सोफामा आराम गरिरहेका मेयर दासलाई कार्यालय सहयोगीले खुट्टामा मसाज गरिरहेको तस्वीर स्थानीय एक व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएपछि उनको सर्वत्र आलोचना भएको थियो। सामान्य कुरालाई अतिरञ्जित गरिएको गुनासो गर्दै मेयर दासले आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको स्पष्टोक्ति दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्