तालिबान मुद्दामा बैठकः रुसले चीन, अमेरिका र पाकिस्तानलाई बोलायो, भारतलाई वास्तै गरेन बीबीसी।रुसले अफगानिस्तानमा तालिबान समूहको बढ्दो आक्रामकता र बिग्रदो अवस्थाप्रति छलफल गर्न महत्वपूर्ण बैठकको आव्हान गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बैठकमा सहभागी हुन रुसले चीन, अमेरिका र पाकिस्तानलाई बोलाएको छ। भारतलाई भने रुसले निमन्त्रणा गरेको छैन। तालिबानले अफगानिस्तानका धेरैजसो भूभागमा कब्जा जमाएपछि ११ अगस्टमा कतारमा बैठक बोलाइएको हो। तालिबान समूहमाथि भारतको प्रभाव नरहेका कारण बैठकमा नबोलाइएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्