बाल्टिनमा डुबेर बालिकाको मृत्यु
<p>सर्लाही। जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।</p>
<p>नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनीको खेल्ने क्रममा ८ माघमा बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
