विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुखलाई बुझायो ध्यानाकर्षण पत्र काठमाडौं। सिन्धुपाल्चोकमा यस वर्षको बाढी पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ। शनिबार सापकोटालाई उनको निवास लैनचौरमा ध्यानाकर्षण पत्र बुझाउँदै समितिका पदाधिकारीहरूले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गर्न आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्