त्रिविका स्नातक तहका परीक्षा यथावत् काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेकाले त्रिविले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। व्यवस्थापनको परीक्षा शुक्रवार सकिएको छ भने विज्ञान र शिक्षा शास्त्रको आइतबार सकिँदै छ। मानविकी तथा सामाजिक संकायको परीक्षा २८ गते भित्र सक्ने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्