साथीको छुरा प्रहारबाट भक्तपुरमा एक किशोरको मृत्यु
भक्तपुर। मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर-१० चोखा कमलविनायकका  १५ वर्षीय रोहन सुवालको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।

प्रहरीका अनुसार चार/पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रासस

प्रतिक्रिया दिनुहोस्