२४ घण्टामा तीन सय तालिबान लडाकू मारिए एजेन्सी।अफगानिस्तानका विभिन्न स्थानमा सरकारी सुरक्षा फौज र तालिबान लडाकूबीच संघर्ष चर्किएको छ। यसै क्रममा पछिल्लो २४ घण्टामा अपगानी सेनाले ३ सयभन्दा बढी तालिबान लडाकू मारिएको र १३५ बढी घाइते भएको दाबी गरेको छ। रक्षा मन्त्रालयका अनुसार सुरक्षा फौजले नगरहार, लगमन, गजनी, पक्तिका, कन्धाहार, जाबुल, हेरात, जोज्जान, समान्गन, फरयाब,सर–ए पोल, हेलमन्द, निमरुज, कुन्दुज, बगलान र कपिसामा क्षेत्रमा अपरेशन चलाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्