सुर्खेत। मध्य तथा सुदूरपश्चिममा कुप्रथाका रूपमा रहेको छाउपडी अन्त्यका लागि तीनै तहका सरकारले साझा अभियान थाल्ने प्रतिबद्धता गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज आयोजित ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धनका लागि साझा अभियान’ अन्तरक्रिया कार्यक्रममार्फत् प्रतिबद्धता जाहेर गरिएको हो।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउगोठ भत्काउने कार्य सरकारले शुरू गरिसकेकाले यसको अन्त्यका लागि मानसिकरूपमा तयार हुन आग्रह गरे।

“कर्णाली तथा सुदूरपश्चिमको समस्याका रूपमा रहेको कुप्रथा अत्यका लागि तीनै तहका सरकारको संयुक्त कार्ययोजना बन्छ”, मन्त्री गुरुङले भने, “अभियान तीव्रताका साथ अघि बढ्छ।” यहाँका महिलाको उत्थानका लागि सीपमूलक तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने भन्दै कर्णाली तथा सुदूरपश्चिम भ्रमणगरी यसमा विशेष कार्यक्रम ल्याएर अघि बढ्ने उनको भनाइ थियो।

“यो अभियानबाट सरकार अब पछि हट्दैन। बरु कुप्रथा मान्ने हट्नुपर्छ। त्यसो गर्दा पनि जीवन परिवर्तन नगर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिनेछ।”

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सुर्खेतकै पश्चिममा छाउगोठ भत्काइएका घरपरिवारका महिला गोठबाट घर जान नसकेको र अर्को व्यवस्था गर्न दबाब आएको बताए। राज्यमन्त्री रावतले भने, “कसैले दबाब दिए पनि अब छाउगोठ सरकारले भत्काएर सम्मानजनक बाँच्ने वातावरण तयार गर्छ। कानूनहरू पनि जस्ताको त्यस्तै लागू हुँदै जान्छन्।”

महान्यायाधिवक्ता अग्नि खरेलले गोठमा बस्ने र बसाउने दुवैलाई पक्राउ गरिने चेतावनी दिए। छुई प्रथालाई निरन्तरता दिने जो कोहीलाई यातना नदिई मानव अधिकारजन्य व्यवहार गरेर फौजदारी कानून लगाइने भन्दै महान्यायधिवक्ता खरेलले भौतिकका साथै मनको गोठ भत्काउने मर्मका साथ सरकार अघि बढेको जनाए।

“यो अभियानबाट सरकार अब पछि हट्दैन। बरु कुप्रथा मान्ने हट्नुपर्छ”, उनले भने, “त्यसोगर्दा पनि जीवन परिवर्तन नगर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिनेछ।” यो प्रथाको अन्त्य गर्न नसक्ने स्थानीय तहका सरकारका लागि अनुदान दिने कुरामा सोच्न बाध्य भइने भन्दै उनले मुलुकमा अब छाउगोठ नरहने बताए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालसम्म कर्णालीका चार हजार ६०० छाउगोठ भत्काइएको जानकारी दिए। यो कुप्रथा हो भन्ने सबैलाई थाहा हुँदा पनि मनस्थितिबाट हट्न नसकेको बताउनुभएका महानिरीक्षक खनालले भने, “छाउगोठ, बालविवाह, दाइजोप्रथा पूर्णरूपले अन्त्य गर्न सरकारले ल्याएको कानून र कार्ययोजना निर्मम ढङ्गले कार्यान्वयन गर्छौं। अटेरी गर्ने जो कोहीलाई कानून कार्यान्वयनमा कठोर हुने प्रतिज्ञा गर्छौं ।”

“छाउगोठ भत्काएर त्रिपाल बिक्री गर्ने काम नहोस्। सुत्केरी हुँदा गोठमा बस्ने प्रचलन हटाउनतर्फ पनि सरकारको ध्यान जाओस्।”

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बन्दुकले छाउगोठ भत्काएर मानसिकता नभत्किने जिकिर गरे। “छाउगोठ भत्काएर त्रिपाल बिक्री गर्ने काम नहोस्”, नेता शाहीले भने, “सुत्केरी हुँदा गोठमा बस्ने प्रचलन हटाउनतर्फ पनि सरकारको ध्यान जाओस्।”

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले देवताको हाउगुजी देखाएर पुरुषले महिलालाई तर्साउने काम गरेको आरोप लगाइन्। यसबाट महिला बढी सिकार भएको जनाउँदै उपसभामुख घर्तीले यसको अन्त्यको पहिलो जिम्मेवारी स्थानीय तहको रहेको र बाँकी सङ्घ र प्रदेशले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले छुई प्रथा गरीबी र अशिक्षाका कारण भएको बताइन्।

कर्णालीका महिलालाई आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याएर गरीबी निवारण गर्नुपर्नेमा जोड दिँदै मन्त्री केसीले सबैले आआफ्नो तहतप्का र क्षेत्रबाट अभियान सफल बनाउन आग्रह गरिन्।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कुरीति र कलङ्कका रूपमा रहेको छाउगोठ प्रथालाई आगामी ०७७ असारसम्म भौतिक र मानसिकरूपमा अन्त्य गर्न राष्ट्रिय कार्ययोजना तर्जुमा गरी सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्न अघि बढ्ने प्रणसहित प्रतिबद्धता गरिएको बताए।

कर्णाली प्रदेशमा जातीय छुवाछुतको विभेद, बालविवाह एक वर्षभित्र अन्त्य गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहले साझा कार्ययोजना तयार गरी सबै गाउँपालिका, नगरपालिकाका समुदायसम्म राष्ट्रिय साझा अभियान सञ्चालन गर्ने साझा सहमति भएको प्रतिबद्धता पत्र पढेर उनले सुनाएका थिए। रासस

" />  सुर्खेत। मध्य तथा सुदूरपश्चिममा कुप्रथाका रूपमा रहेको छाउपडी अन्त्यका लागि तीनै तहका सरकारले साझा अभियान थाल्ने प्रतिबद्धता गरेका छन्।

"> छाउगोठ अन्त्य गर्न कर्णालीमा ‘साझा अभियान’को प्रतिबद्धता  : Dekhapadhi
छाउगोठ अन्त्य गर्न कर्णालीमा ‘साझा अभियान’को प्रतिबद्धता

प्रतिक्रिया दिनुहोस्