६६ प्रतिशत सडकको पुनर्निर्माण कार्य सकियो काठमाडौं।पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले ६६४ किलोमिटर स्थानीय स्तरका सडकमध्ये ६६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको बताएका छन्।बाँकी ३४ प्रतिशत सडकको पुनर्निर्माण काम भइरहेको उनले जनाए।१०० किलोमिटर रणनीतिक सडकमध्ये ८८प्रतिशतको काम सम्पन्न भएको छ भने १२प्रतिशतको काम जारी छ।पुनर्निर्माण गर्नुपर्ने १५ वटामध्ये ९ वटा पुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ।पुनर्निर्माण जारी बाँकी ६ वटा पुलको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्