सार्वजनिक संरचनातर्फको पुनर्निर्माण ८८ प्रतिशत सम्पन्न काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक संरचनातर्फको पुनर्निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ। सार्वजनिक संरचनातर्फ हालसम्म ६ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ९०६ विद्यालयको पुनर्निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ७५१वटा स्वास्थ्य संस्था (६४.५२ प्रतिशत), ५८६ पुरातात्विक सम्पदा (६३.७० प्रतिशत), ३८८ सरकारी भवनहरु (९३.४९ प्रतिशत ) र २१६ सुरक्षा निकायका भवनहरु (शतप्रतिशत)को पुनर्निर्माण भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्