गाडीकाे ठक्करबाट सिरहामा पैदलयात्रीको मृत्यु <p>सिरहा। सिरहाको गोलबजारमा गाडीको ठक्करबाट आज साँझ पैदलयात्रीको मृत्यु भएको छ।</p> <p>पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका-४, गुरुधाम चोकमा ना १ ज ८०८८ नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा पैदलयात्रीकाे घटनास्थलमै मृत्यु भएकाे हाे।</p> <p>मृतकको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज प्रहरी निरीक्षक जनक पुरीले बताए।</p> <p>उनका अनुसार गाडी र चालकलाई नियन्त्रणमा लिइएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्