संखुवासभामा बमसहित एकजना पक्राउ

संखुवासभा। संखुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५, मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर ९ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो।

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउँपालिका–३, सुनाम्लाबाट विशेष सुराकीका आधारमा ७ माघमा पक्राउ गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्