पर्सा। अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। फरार अभियुक्त वीरगन्ज महानगरपालिका–२७ का ४५ वर्षीय विक्रम यादवलाई प्रहरीले ७ माघमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवले २० भदौ २०६५ राति उदयपुर घुर्मीका पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा सोनारकी श्रीमती देवमती देवीलाई गोली हानी घाइते बनाएका थिए। घाइते देवमतीको उपचारका क्रममा मृत्यु भएको थियो।
सो घटनापछि आरोपी यादव फरार थिए। गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
" /> पर्सा। अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। फरार अभियुक्त वीरगन्ज महानगरपालिका–२७ का ४५ वर्षीय विक्रम यादवलाई प्रहरीले ७ माघमा पक्राउ गरेको हो।प्रहरीका अनुसार यादवले २० भदौ २०६५ राति उदयपुर घुर्मीका पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा सोनारकी श्रीमती देवमती देवीलाई गोली हानी घाइते बनाएका थिए। घाइते देवमतीको उपचारका क्रममा मृत्यु भएको थियो।
सो घटनापछि आरोपी यादव फरार थिए। गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
">