काठमाडाैं। रञ्जित धिमालले फ्री-किकमा गरेको दर्शनीय गोलमा मछिन्द्र क्लबले आज नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै महत्त्वपूर्ण तीन अंक पक्का गरेको छ।
मछिन्द्रलाई जिताउन रञ्जितले ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मछिन्द्रका बुद्ध चेमजोङले गरेको क्रस पुलिस क्लबका रक्षक अजित भण्डारीको हातमा लागेपछि मछिन्द्रले फ्री-किक पाएको थियो।
उक्त फ्री-किकमा रञ्जितले बायाँ खुट्टाले दोस्रो बार च्यापेर हानेको बल पुलिस क्लबका गोलकिपर शत्रुधनकुमार चौधरीले ठम्याउन सकेनन्।
जितसँगै मछिन्द्रको आठ खेलबाट १६ अंक भएको छ, जुन शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग बराबरी हो। यद्यपि त्रिभुवन आर्मीले एक खेल कम खेलेको छ। पुलिस क्लब भने ११ अंकका साथ छैटौं स्थानमा कायमै छ। हारसँगै पुलिस क्लबले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कारबाहीमा परेका खेलाडी विजय धिमाल र देवेन्द्र तामाङ आज पहिलो रोजाइमा खेलेका थिए। मनाङविरुद्धको खेलमा मैदानभित्रै झगडा गरेपछि एन्फाले मछिन्द्रका तीन खेलाडीलाई दुई खेल निलम्बन गरेको थियो। निलम्बनमा परेका दीपक राई भने बेन्चमा थिए।
" /> काठमाडाैं। रञ्जित धिमालले फ्री-किकमा गरेको दर्शनीय गोलमा मछिन्द्र क्लबले आज नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै महत्त्वपूर्ण तीन अंक पक्का गरेको छ।मछिन्द्रलाई जिताउन रञ्जितले ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मछिन्द्रका बुद्ध चेमजोङले गरेको क्रस पुलिस क्लबका रक्षक अजित भण्डारीको हातमा लागेपछि मछिन्द्रले फ्री-किक पाएको थियो।

">