फरार अभियुक्त पक्राउ गरी साढे ४८ करोडभन्दा बढी राजश्व असुली काठमाडौं।नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरी एक वर्षको अवधिमा ४८करोड६०लाख ५५हजार४३५ रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३९० जना फरार अभियुक्त पक्राउ गरी उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा प्रहरीले २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ गरी ३८करोड८९लाख ७४हजार३० रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्