हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ
काठमाडौं। पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१६ बाट सोही वडाको गहवा बस्ने ४६ वर्षीय रामबाबु साह कलवार पक्राउ परेका हुन्।

उनको साथबाट स्रोत नखुलेको दुई लाख रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतको रक्सौल तर्फबाट ना ६४ प १३९४ नम्बरको सोटरसाइकलमा सवार उनी आज पक्राउ परेका हुन्।

पक्राउ परेका कलवारमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्