करेन्ट लागेर कैलालीमा एक महिलाकाे मृत्यु
<p>कैलाली। कैलालीमा एक महिलाकाे करेन्ट लागेर मृत्यु भएकाे छ । धनगढी उप-महानगरपालिका-१३ बस्ने हरिनादेवी बिष्ट (४०) को करेन्ट लागेर मृत्यु भएको हाे।</p>
<p>घरमा मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर घाइते भएकी बिष्टको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
