पुनर्निर्माणमा एक वर्षमा करिव ५३ अर्ब खर्च काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको दाबी गरेको छ।निजी आवासतर्फ विनियोजित कुल बजेट २३अर्ब ८४ करोड ८८लाखमध्ये २१अर्ब५६करोड८लाख रुपैयाँ खर्च भएको छ।यो भनेको कुल बजेटको ९०.४१ प्रतिशत हो। समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७०अर्ब ३५करोड८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२अर्ब९७करोड७१लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्