काठमाडौं। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले महाअभियोग प्रक्रियासम्बन्धी नियमावली पारित गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाई अगाडि बढेको छ।
७ माघबाट शुरू भएको सदनको बैठकले १२ घण्टा लामो वादविवादपछि रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेलले प्रस्ताव गरेका नियमावली केही संशोधनसहित पारित गरेको हो। पार्टी लाइन अनुसार भएको मतदानमा उक्त नियमावलीको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो।
यो नियमावलीले ‘हाउस इम्पिचमेन्ट म्यानेजर्स’ (महाअभियोगसम्बन्धी प्रबन्ध गर्न बनेको समूह) र राष्ट्रपतिको समूहलाई २४ घण्टे सुनुवाई बयान तयार गर्न तीन दिनको समय दिएको छ। मक्कोनेलले प्रस्ताव गरेको नियमावलीमा यसका लागि दुई दिन छुट्याइएको थियो। नियमावलीमा अरु परिवर्तन पनि भएका छन्।
यी परिवर्तनले डेमोक्रयाट्सहरूलाई भने खासै सन्तुष्ट बनाएको छैन। ट्रम्पको विपक्षी पार्टी डेमोक्रेटिक दलका नेता चक सुमरले नियमावलीमाथि ११ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए।
राजनीतिक विश्लेषकहरूले यो दिनलाई अमेरिका सबैभन्दा बढी विभाजित भएको दिनको रुपमा इतिहासमा दर्ज हुने विश्लेषण गरेका छन्।
डेमोक्रेटिकहरूले माग गरे बमोजिम महाअभियोग सुनुवाइमा उनीहरूका माग पनि दर्ज गरिनेछन्। सुनुवाइको शुरूमा १६ घण्टासम्म सवाल–जवाफ हुनेछ र अर्को चार घण्टा सिनेटरहरूले बहस गर्नेछन्।
ट्रम्प अमेरिकाको इतिहासमै महाअभियोग सामना गर्ने तेस्रो राष्ट्रपति हुन्।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले ७ माघको बैठक शुरू गरेका थिए। उनको एकातिर महाअभियोग अभियोजनकर्ताहरू र अर्कोतिर ट्रम्पको समूह थियो। ‘निष्पक्ष न्याय’को शपथ खाएका सिनेटरहरू आ–आफ्ना कुर्सीमा मौन थिए। उनीहरूलाई मोबाइल फोन लगायत कुनै पनि विद्युतीय उपकरण चलाउन प्रतिबन्ध लगाइएको थियो।
प्रधानन्यायाधीशको अध्यक्षतामा भइरहेको बैठकमा सिनेटरहरूले बडो गम्भीरतापूर्वक बहस सुनिरहेको र नोट गरिरहेको देखिन्थ्यो। निकै कमको मुहारमा मुस्कान थियो। हरेकले डेमोक्रेटिकहरूले राखेको संशोधन प्रस्तावमा बहस गरेका थिए।

१८ डिसेम्बरमा ट्रम्पमाथि युक्रेनसँगको सम्बन्ध र कंग्रेसको काममा बाधा पुर्याएको भन्दै अमेरिकाको तल्लो सदन ‘हाउस अफ् रिप्रेजेन्टेटिभ्स’ले महाअभियोग पारित गरेको थियो। उक्त महाअभियोगको पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७।
- एजेन्सीहरूको सहयोगमा
" /> काठमाडौं। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले महाअभियोग प्रक्रियासम्बन्धी नियमावली पारित गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाई अगाडि बढेको छ।

">