तालिबान लडाकुको सफलता विश्वकै सुरक्षाका लागि खतरा हुन सक्ने बीबीसी। अफगान सेनाका एक जेनरलले सरकारी फौजहरूसँगको लडाइँमा तालिबान लडाकु समूह विजयी भएमा विश्व शान्तिमा भयावह परिणाम निम्त्याउने चेतावनी दिएका छन्। जेनरल सामी सदातले दक्षिणी हेलमन्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहेका छन्। हेलमन्डको राजधानी लश्कर गहमा भीषण सङ्घर्ष भइरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दिनमा त्यहाँ कम्तीमा दशजना नागरिकको ज्यान गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्