कैलाली। कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ। भीमदत्त नगरपालिका-९ स्थित सिद्धनाथ सामुदायिक वनमा आज बिहान पासोमा परेको चितुवाको अझै उद्धार हुन सकेको छैन।
स्थानीयले शिकारका लागि थापेको पासोमा चितुवा परेको हुन सक्ने डिभिजन वन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी सिद्धराज अवस्थीले जानकारी दिए। उनले स्थानीयले बँदेलका लागि थापेको पासोमा चितुवा परेको हुन सक्ने बताए।
पासो नजिकै सिनोसमेत रहेका कारण चितुवा उक्त सिनो खान आउँदा पासोमा परेको अवस्थीकाे भनाइ छ। उनले चितुवाको उद्धारका लागि बर्दियाबाट टोली हिँडेको जानकारी आए पनि अझै पुगिनसकेको बताए।
बिहानै पासोमा परेका कारण केही खान नपाएपछि चितुवा आक्रामक हुँदै गएको स्थानीयले जानकारी दिएका छन्।
अहिले उक्त क्षेत्रलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र वन कर्मचारीहरूले सुरक्षा दिइराखेका छन्।
.jpg)

" /> कैलाली। कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ। भीमदत्त नगरपालिका-९ स्थित सिद्धनाथ सामुदायिक वनमा आज बिहान पासोमा परेको चितुवाको अझै उद्धार हुन सकेको छैन।

">