अफगान सुरक्षा फौजको कारबाहीमा ७७ तालिबान लडाकु मारिए एजेन्सी।अफगानिस्तानको हेलमन्डमा सुरक्षा फौजको कारबाहीमा परी ७७ जना तालिबान लडाकु मारिएका छन्।कारबाहीमा परी २२ जना तालिबान लडाकु घाइते भएका छन्।सुरक्षा फौजले तालिबान लडाकूमाथि स्थल र हवाई आक्रमण एक साथ गरेको थियो।अफगानिस्तानका उपरक्षामन्त्रीका प्रवक्ता फवाद अमानले तालिबान मारिएको जानकारी दिएका हुन्।“पछिल्लो २४ घण्टामा हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान सैन्य आयोगका तीन जना प्रमुखसहित ७७ जना तालिबान मारिएका छन्”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्