काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज एक जना सहायक वन अधिकृत र प्रहरी जवानलाई छुट्टाछुट्टै स्थानबाट घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारले सैनामैना सव–डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ र इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई नियन्त्रणमा लिएको हो।
दुबै जनालाई पाँच/पाँच हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
वन अधिकृत श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन ‘भेरिफिकेसन’ सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको र प्रहरी जवान यादवले घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरू नेपाल–भारत सीमा बजारबाट खरीद गरी ल्याउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।
सहायक वन अधिकृत श्रेष्ठलाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ र प्रहरी जवान यादवलाई सिरहाको सुखिपुर नगरपालिका–१० दहिपौडी चोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोग प्रवक्ता कोइरालाले जानकारी दिए।