फिलिपिन्सले अगष्ट १५ सम्म नेपालीको आगमनमा लगायो प्रतिबन्ध काठमाडौं।फिलिपिन्सले अगष्ट १५ सम्म नेपाली नागरिकहरुको आगमनमा प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि फिलिपिन्सले नेपाली नागरिकमाथिको प्रतिबन्ध लम्ब्याउँदै अगष्ट १५ सम्म पुर्‍याएको हो। फिलिपिन्सले नेपालीसँगै भारत, श्रीलंका, ओमान, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, मलेसिया र थाइल्याण्डका नागरिकमाथि पनि प्रतिबन्ध लगाएको छ। नेपाली नागरिकलाई अन अराइभल भिसा दिने विश्वका ३९ राष्ट्रमध्ये फिलिपिन्स एक हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्