पाल्पा। दरबन्दीअनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। ४५८ प्रहरी हुनुपर्नेमा अहिले ३१३ प्रहरी मात्र कार्यरत छन्।
करीब १४५ प्रहरीको अझै अभाव देखिएको हो। प्रहरीको दरबन्दीअनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो।
करीब एक महीनादेखि प्रहरी नायव उपरीक्षकको पनि अभाव छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो। त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन्।
प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जिल्लामा दरबन्दीअनुसार प्रहरी नहुँदा जिल्ला प्रहरी कार्यालय मातहतका चौकीमा समस्या हुँदै आएको बताए। कतिपय चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुनुपर्नेमा प्रहरी हवल्दारले नेतृत्व सम्हालेका छन्।
प्रहरीको दैनिक प्रशासनिक कामदेखि अपराध अनुसन्धानमा समेत प्रहरी कम हुँदा समस्या हुँदै आएको प्रहरी उपरीक्षक जिसीको भनाइ छ।
जिल्लाभर प्रहरी सहायक निरीक्षकमा ४१ को दरबन्दी भए पनि अहिले जिल्लामा २२ जना कार्यरत छन्। हवल्दारमा ९३ को दरबन्दी भए पनि ७० मात्र कार्यरत छन्।
प्रहरी जवानमा २९२ दरबन्दीमा १९८ रहेका छन्। प्रहरी सहयोगी १४ दरबन्दी कायम गरिए पनि हाल सात मात्र कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए। रासस
" /> पाल्पा। दरबन्दीअनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। ४५८ प्रहरी हुनुपर्नेमा अहिले ३१३ प्रहरी मात्र कार्यरत छन्।करीब १४५ प्रहरीको अझै अभाव देखिएको हो। प्रहरीको दरबन्दीअनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो।

">