बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा सिन्धुपाल्चोक।मेलम्चीमा आएको बाढीले ६० घर टहरा बगाएको छ।हेलम्बुका किउल,चनौटे,ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको प्रहरीले जनाएको छ।गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो।ती घर खाली थिए।चनौटे,ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्।बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्