छिन्नमस्ता देवीको मुकुट भेटियो, चोरीमा संलग्न पक्राउ सप्तरी।सप्तरीको छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट भेटिएको छ।आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मा भेटिएको प्रहरीले जनाएको छ।मुकुट चोरी गर्ने एकजना पक्राउ परेका छन्।मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी पाएपछि प्रहरी खोजिका लागि पुगेको थियो। नियन्त्रणमा लिएका व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।मुकुट चोरी भएपछि भारतीय सीमा नाकासमेत बन्द गरी खोजी सुरू भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्