एक वर्षमा २७ करोडभन्दा बढीको अवैध सुन बरामद काठमाडौं।कोरोना महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ।प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीले २०करोड३०लाख ५१हजार१३२रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा २३करोड५५लाख४१हजार८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्